झापा: झापा कचनकवलका गाउँपालिका वडा– ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरीले कारबाही अघि बढाएको छ।

बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको बताइएको हो।

बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाँडीमा मोटरसाइकलमा रहेका पनेरु सामान्य रूपमा ठोक्किएपछि रिसको झोकमा पनेरुले हेलमेटले वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको पाइएको प्रहरीको भनाई छ।

प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको समयमा लडेको र उठेर हेलमेटले मियालाई कुटेको प्रत्यक्षहरूले बताएको प्रहरीको भनाई छ।

अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। ​ वडाध्यक्षलाई कुटेर भाग्न खोजेका पनेरुलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएको बताइएको छ। थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय