दार्चुला असोज १० । जिल्लाको मालिकार्जुन गाउँपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाले खरिद गरिएका एम्बुलेन्स आईतवार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष ०७६।०७७ को बार्षिक बजेटमार्फत गाउँपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिए ।
खरिद गरिएका एम्बुलेन्सलाई वडा नम्बर ६ र वडा नम्बर ८ का स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष धामीले शंकरपुर पस्ती स्वास्थ्य चौकी सञ्चालन एवम ब्यवस्थापन समिति अध्यक्ष, वडा नम्बर ८ का वडाअध्यक्ष पदमराज पन्त र वडा नम्वर ६ का कार्यपालिका सदस्य कुशराम ओडलाई एम्वुलेन्सको चाबी हस्तान्तरण गरिएको छ । एम्वुलेन्स गाउँपालिकामा आएपछि विरामीहरुलाई आवत जावतमा सहज हुने भएको छ ।