दार्चुला असोज १०। जिल्लाको शैल्यशिखर नगरपालिकामा कांग्रेशको नगर सभापती मोहनसिंह साउद चयन हुनुभएको छ । शनिबार उद्घाटन भएको अधिवेसन अन्तरगत दुई दिन लामो प्रयासपछि साउदलाई सभापती चयन गर्न सहमती जुटेको नेपाली कांग्रेशका क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिए ।

आइतबार विहान १० बजेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी भएपनि नेताहरुले सहमतीमै जोड दिएपछि निर्वाचन नभएको बताइएको छ । शैल्यशिखरको नगर समिति सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका थिए ।

यस्तै उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ । सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्कीको उम्मेदवारी परेको छ । सभापतीमा मोहनसिंह साउदलाई चयन गर्ने सहमती जुटेको र बाँकी पदाधिकारीहरुको विषयमा छलफल तथा सहमतीको प्रयास भइरहेको बताइएको छ ।

दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकामा पनि चुनाववाट नयाँ नेतृत्व चयन भएको छ । दुहुँमा नरेन्द्र सिह कुवर र ब्याँस गाउँपालिकामा नरेन्द्र भटटले कांग्रेस गाउँपालिका सभापति जितेका छन । महाकाली नगरपालिकामा भने यो समाचार तयार पार्दा सम्म चुनाव सकिएको र मत गणना सुरु भएको वताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय