दार्चुला । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकालाई आज एक कार्यक्रमका बिच पुर्णखोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरीसके पछि नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । जन्मेदेखी ५ वर्ष सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको अवस्थामा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरपालिकाका सिनियर अनमी लालजिरा भट्टले जानकारी दिए ।
जन्मेदेखी १५ महिना सम्मका ४ सय १२ जना बालबालिका र १६ महिना देखी ५ वर्ष उमेर समूहका ९ सय ९७ जना बालबालीकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाईसकेको उनले बताए । कार्यक्रममा पूण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरु सम्मान गरिएको छ ।
पूण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम नगर प्रमुख नर सिह चैसिरको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कश्यप) को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्ट, स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय