दार्चुला । अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित बनेका छन् । सरकारले आगामी साउन १ गते देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै दार्चुलाका हुलाक कर्मचारी आन्दोलनमा उत्रिएका हुन । सरकारको निर्णयले लामो समयसम्म सेवा गरेका कर्मचारीमाथि विना मूल्यांकन काम छाड्नु परेको भन्दै आफुहरुले आन्दोलन गर्नु परेको एशोसिएसनका जिल्ला अध्यक्ष उदय सिह बडालले जानकारी दिए । दार्चुलाका अतिरिक्त हुलाक कार्यालयमा रहेका कर्मचारीहरु मंगलबार आज आन्दोलनमा उत्रिएका हुन ।

कर्मचारीहरुले जिल्ला हुुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेको बताएका छन । प्रशासन कार्यालय घेराउ गदैँ उनीहरुले अतिरिक्त हुलाकको निर्णय  तत्काल फिर्ता गर, अतिरिक्त  हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न पाइदैन, हुलाकको संरचना खारेज होइन यसको संरक्षणको पुन: संरचना गर, जस्ता नारा लगाउदैँ प्रशासन कार्यालय घेराउ गरेका थिए ।

विना विकल्पका कर्मचारीहरुलाई सेवामूक्त गर्नु अन्याय भएको भन्दै आन्दोलनमा उत्रनु परेको हुलाक कर्मचारीहरुले बताएका छन । नेपाल सरकारले बजेट वक्तव्यमा साउन १ गतेदेखि लागूू हुुने गरि देशभरका अतिरक्त हुलाक खारेज गर्ने जनाएको छ । अतिरिक्त हुुलाक खारेजी हुँदा जिल्लामा १६६ जना कर्मचारी रित्तो हात घर फर्कनु पर्ने देखिएको छ । सरकारको यो निर्णय सच्याइनु पर्ने उनीहरुको माग छ । नसच्याइए चरणवद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय