
दार्चुला असोज १० । जिल्लाको महाकाली नगरपालिकामा चन्द्र सिह विष्ट कांग्रेस नगरसभापतिमा विजयी भएका छन । विष्टले आफ्ना पक्षमा ९२ मत ल्याई विजय प्राप्त गरेको छ । शनिवार देखी चलेको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुलाका सवै स्थानिय तहको नतिजा सार्वजनीक भएको छ । चार स्थानिय तहमा शनिवारनै सहमतिवाट कांग्रेसको नयाँ नेतुत्व चयन भएको थियो भने लेकम गाउँपालिकामा चुनावी प्रतिस्पर्धावाट नेतुत्व चयन भएको थियो ।
वाकि जिल्लाको शैल्य शिखर नगरपालीकामा लामो समयको वार्ता पछि सहमतिवाटै आईतवार मोहनसिंह साउद नगरसभापतिमा चयन भएका छन । दुहुँ गाउँपालिकामा नरेन्द्र कुवर र ब्यास गाउँपालिकामा नरेन्द्र भट्ट निर्वाचनवाट विजयी भएका छन ।
कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतीमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतीमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतीमा धनन्जय जोशी सर्वसहमतीमै सभापती चयन हुनुभएको छ । लेकम गाउँपालिकामा निर्वाचनमार्फत शनिवार नै मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका कमलापती मिश्र सभापती चयन हुनुभएको छ ।