दार्चुला । पत्रकार लोकेन्द्रसिह कार्कीको पहलमा संकलन गरिएको सहयोग रकम सनिवार हस्तान्तरण गरिएको छ ।
झण्डै दुई दशक देखि भारतमा मजदुरी गर्दैआएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ गराडी (तल्लागाउँ) का पदमसिंह कार्कीको गत चैत ८ गते भारतको बिहार राज्य स्थित पटना भन्ने ठाउँमा एक्कासी निधन भएपछि कार्कीको परिवारमा दैनिक छाक टार्न निकै अप्ठ्यारो भएका कारण पत्रकार कार्कीले सहयोग अभियान चलाएका थिए । उक्त अभियान अन्तरगत एक लाख ९३ हजार सहयोग रकम संकलन भएको थियो ।
उक्त रकम लेकम गाउँपालिका-२ का निर्वाचित वडा सदस्य बिरेन्द्र सिंह कार्कीको उपस्थितिमा मृतकको परिवारका नजिकका हकदारहरु सहित गाउँका गन्यमान्य व्यक्तिहरुलाई साक्षी राखी स्वर्गीय पदम सिंह कार्कीकी धर्मपत्नी लिला कार्कीलाई नगद हस्तान्तरण गरिएको पत्रकार कार्कीले बताए ।
कार्कीले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन।
