दार्चुला असोज ११ । आईतवार देखी जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्वको खोप लगाउन सुरु भएको छ । जिल्लाका ९० वटा स्वास्थ्य संस्थामार्फत खोप लगाउन सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । खोप असोज १४ गतेसम्म लगाइने छ ।

गत बिहीवार बसेको कोभिड—१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्व भेरोसेल खोप लगाउने निर्णय गरेको थियो । जिल्लामा पहिलो मात्राका भेरोसेल खोप ४० हजार डोज पुगेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । खोप लगाउन जिल्लाभरीका स्वास्थ्य संस्थामा नगारिकको भीड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय