दार्चुला । जन सेवा मेडिकलले महेन्द्र नमुना माध्यमिक विद्यालय लाई प्राथमिक उपचारका लागि प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको छ ।
सोमबार महेन्द्र नमुनामा मेडिकल संचालक डम्मर भट्ट आफै उपस्थित भइ प्राथमिक उपचार बक्स र तिन जना विद्यार्थीहरुलाई अध्ययनका लागि एक बर्ष भरिमा लाग्ने शुल्क आफैले दिने घोषणा गरेका हुन ।
भट्टले जिल्लामा त्यस्तै आमा,बुवा दुइटै गुमाएका बालबालिकाहरुलाइ सहयोग गर्ने गरेको छन । अहिले सम्म जिल्लाका ३/४ वटा बिधालयहरुलाइ प्राथमिक उपचार बकस हस्तान्तरण गरेका छन। सामान्य चोट पटक लागेका बेला तत्कालका लागि सजिलो हुने भट्टले बताए । विद्यार्थीको अनुपातमा महेन्द्र नमुनाको लागि अझै २/४ बक्सको आवस्यकता पर्न भन्दै भट्टले त्यो पनि छिटै उपलब्ध गराउने बताए ।
भट्ट पछिल्लो समय जिल्लाका विभिन्न बिद्यालयहरुमा यस्तै समाज सेवाका कार्यहरू गर्दै आएका छन ।
