प्रेमराज जोशी असोज ११ । दार्चुला जिल्लाको दुहुँ गाउँपालीकाका प्रमुख पर्यटकीय स्थलहरुको प्रयाप्त प्रचार प्रसार नहुदा वाह्य पर्यटकहरुको आवगमन हुन सकेको छैन् । जिल्लाको उत्तरी हिमाली क्षेत्रमा पर्ने दुहूँ गाउपालीका भित्र रहेको अनुमानित ५, ७ किलोमिटोर गहिरो व्रह्मदह ताल, नेपालको नक्साझै आकारमा निर्मीत करीव ५ सय मिटर लामो पासा दहताल, ३ हजार ८ सय ३८ मिटर उचाईमा रहेका शिद्धटोपी, गाउँपालिकाको केन्द्र हिकिलामा रहेको प्यागडा शैलीवाट सजिएको व्रह्म देवताको मन्दिर मष्ट मालिकाको मन्दिर लगायतका प्रशिद्ध धार्मीक तिर्थस्थलहरुको खासै विश्वब्यापी रुपमा प्रचार प्रसार हुन नसक्दा व्राह्य पर्यटकहरुको आवगमन हुन नसकेको गाउँपालीकाकाले जनाएको छ ।
दुहुँ प्रवेशद्धारको मुखमा रहेको मष्ट र मालिका मन्दिर
साउनको महिना आन्तरिक पर्यटकहरुको पुजाआजा गर्न यो क्षेत्रमा भिडभाड लाग्ने गरेको पाईन्छ । समुद्रिक सतहवाट करीव ३८ सय ३८ मिटर उच्च हिमाली क्षेत्रमा रहेका यि धार्मीक तिर्थस्थलहरु दुहुँ गाउँपालीकाको केन्द्र हिकिलावाट १ दिनमा सजिलै सग आवत जावत गर्न सकिन्छ ।
पर्यटकीय मार्ग विस्तार गर्ने उद्देश्यले स्थानीय सरकारले शिद्धटोपी क्षेत्र सम्म जाने यातायातको लागि सडक विस्तार गरिरहेको छ ।
गाउँपालिकाले पर्यटकहरुको मन लोभ्याउन र अग्ला अग्ला हिमालहरुको अवलोकन गर्नका निमित्त शिद्धटोपी क्षेत्रमा ५ तलाको भ्यू टावर निर्माण गरिसकेको छ ।
गाउँपालिकाको केन्द्र हिकिलामा रहेको प्यागडा शैलीको व्रह्म मन्दिर
यसै गरी पछिल्लो समय यो क्षेत्रमा फोटो सेसनको लागी झन् आन्तरीक पर्यटकहरुको भिड नै लाग्ने गरेको पाईन्छ । वैशाखको महिना देखी असोज सम्म सुन्दर हरीयाली सयौ रंङका फुलहरु र असोज अन्तिम देखी वैशाख सम्म हिउले चादी झै टल्किने हिमालहरुको अवलोकन र फोटो सेसनका लागी आन्तरीक पर्यटकहरुको वाक्लो भिड देखीन्छ ।
दुहुँ गाउँपालीको आफ्नो छुट्टै संस्कृति रितिरिवाज परम्पाराले निकै अगाडि वढेको भन्दै अध्यक्ष कार्कीले पर्यटकिय स्थलहरु र पुरानो संस्कृतिको प्रचार प्रशासारमा सवैले आ आफ्नो क्षेत्रवाट सहयोग गरी प्रचार प्रसार गर्न आग्रह गर्नु भएको छ ।
प्रर्यटन क्षेत्रको विकासमा देखिएका चुनौतिहरु मध्ये पहिलो चुनौतिका रुपमा सडक सञ्जाल, बाधक बनेको गाउँपालीका अध्यक्ष कार्कीको भनाई छ ।
पाँच तले निर्माण भैसकेको शिद्धटोपी भ्यू टावर
यो सँगै वाह्य पर्यटकहरुका लागी वाँस वस्ने र खाने होटेल रेष्टुरेन्टहरुको विस्तार गर्नु पनि आवश्यक रहेको छ । पर्यटकहरुका लागी वास वस्नका लागी प्रदेश सरकारवाट व्रह्मदह क्षेत्रमा २ कोठे भवन निर्माण भैसकेको छ । यार्सागुम्बा, जडामसि, सतुवा बनलसुन लागायतका बहुमुल्य जडिबुटिहरुको पहिचान गरि प्रचार प्रशारमा ल्याउन सके स्वदेशि तथा विदेशी प्रर्यटकहरु भित्राउन सकिने यस्तै थुप्रै सम्भावनाहरु रहेका छन ।
यस गाउँपालीकाको सांस्कृतिक सम्पदाहरुको धरोहरका रुपमा मानिने ठाडोखेल, झोडा, फाग सगुन दुह क्षेत्रको सरौँ नाचलाई लिने गरेको पाईन्छ । निर्माणाधिन अवस्थामै रहेको थल सिलङचौरा वहुउदेश्यिय झोलुङगे पुलले पनि दुहुँमा आन्तरिक पर्यटकहरु तानेको छ ।
निर्माणाधिन अवस्थामै रहेको थल सिलङचौरा वहुउदेश्यिय झोलुङगे पुल
विज्ञापन
पिपलचौरी माध्यामिक विद्यालयको शिक्षक भर्ना सम्वन्धि सुचना