
प्रेमराज जोशी दार्चुला असोज ११ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ मा रहेको पिपलचौरी माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी मावि तहको शिक्षक नियुक्तीका लागी विज्ञापन गरेको भन्दै तालावन्दी गरिएको छ । शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार गाउँपालिकाको शिक्षा शाखाले शिक्षक भर्नाका लागी अनुमती दिए पश्चात विद्यालय ब्यवस्थापन समितिको बैठक बसि निर्णय गरेर विज्ञापन गर्नुपर्ने व्यवस्था छ ।
विद्यालयमा केन्द्र सरकारबाट प्राप्त हुने विज्ञान, गणित र अंग्रेजी विषयको पदपुर्तिका लागी विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी विज्ञान विषयको शिक्षक भर्नाका लागी सुचना आह्वान गरेको भन्दै विब्यस समितिका सदस्य एवंम पुर्व अध्यक्ष जंग बहादुर बम लगायत अन्य २ जना ब्यवस्थापनका पदाधिकारीहरुले विद्यालयमा तालावन्दी गरेका छन । गाउँपालिकाबाट विज्ञापन आह्वानका लागी पत्र प्राप्त भएको तथा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले एकल रुपमा निर्णय गरी विज्ञापन आह्वान गरेकोले सोमवार विद्यालयको प्रशासनमा तालावन्दी गरेको उनले वताए ।
विद्यालय ब्यवस्थापन समितिलाई विना पत्राचार शिक्षक भर्नाको सुचना आह्वान गरेको, ७ कोठे भवनको लिलाम वाफतको पैसाको लेखा जोखा नभएको, अहिले सम्म विद्यालयको समाजिक लेखा परिक्षण, समाजिक परिक्षण नभएको र आफु २०७३ साल मङसिर ११ गते विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा वसेको र आफुलाई २०७२ सालमा गाउँ विकास समितिबाट प्राप्त २० हजार रुपैया शैक्षिक सामग्री खरिदको लागी आएको बजेट हिनामिना गरेको आरोप लगाएकाले विद्यालय वन्द गरिएको उनले वताए ।
यो विषयमा आईतवार गाउँपालिकाको शिक्षा शाखामा निवेदन आएको र शाखावाट विद्यालयलाई आईतवारकै मितिमा विद्यालयमा भए गरेका काम कार्वाहीको स्पष्टीकरण दिन पत्राचार गरिएको विद्यालय निरक्षक हेमराज जोशीले जानकारी दिए । कोभिड १९ का कारण लामो समय वन्द रहेका विद्यालयहरु केहि दिन अघिदेखी मात्रै पठन पाठनको काम भएकोले गाउँपालिकामा आएको निवदेन माथि कार्वाही भैरहेका वेला सयौँ विद्यार्थीहरुको भविष्य माथि गरिएको खेलवाड प्रति गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले आपत्ति जनाउनु भएको छ ।
शिक्षा शाखामा पुगेको गुनासोलाई हामीले पत्र मार्फत विद्यालयका प्रधानाध्यापकलाई स्पष्टिकरणको माग गरिसकेकोले विद्यालयमा यति छिट्टै तालावन्दी नलगाउनु पर्ने थियो अध्यक्ष कार्कीले भने । यसको समाधान भोली सम्म हुने र पढाई पुर्ण रुपमा संचालन हुने अध्यक्ष कार्कीले वताए ।
यता विद्यालयका प्रधानाध्यापक डम्बर सिह बोहरालाई बुझ्दा समितिका पदाधिकारीहरुलाई पत्राचार गरेर बैठक बसी बहुमतको निर्णय पारित गरी विज्ञापन गरेको बताउदै आएका छन । उल्टै पुर्व अध्यक्ष एवम विब्यस समिति सदस्य बमलाई विद्यालयले होली खेलेर संकलन गरेको ३७ हजार रुपैयाको हिसाव किताब नै नराखी गायव गरेको वताउदै आएका छन । आर्काे २०७२ सालमा विद्यालयमा शैक्षिक सामग्री खरिदका लागि भनी आएको २० हजार रुपैयाँको अहिले सम्म नत विद्यालयमा शैक्षिक सामग्री नै पुगेको छ नत विद्यालयको खातामा पैसानै आएको छ प्रधानाध्यापक वोहराले भने ।
विद्यालयका प्रधानाध्यापकको आरोपमा जंग बहादुर बलमे ३७ हजारको आरोप स्वीकारेका छन भने २० हजारको आरोपमा खण्डन गरेका छन । ३७ हजार आफुले दिनु पर्ने कागज वनाएको छु अहिले सम्म नदिनुको पछि विद्यालयमा पुर्व अध्यक्षहरुले पनि रकम हिनामिना गरेका छन । उनीहरुले दिने वित्तिकै आफु पनि ३७ हजार रुपैयाँ दिने वताउँदै आएका छन । २० हजारको आरोप आफुलाई थाहै नभएको वताउदै आएका छन । आफु २०७३ मङसीर ११ मा विद्यालयको ब्यवस्थापन समितीको अध्यक्षमा वसेको र २०७२ मै कसरी पैसा खाए हुँला प्रश्न गर्नु भयो ?
अहिलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन महरले ढुङगा लगेका मानिसहरु बाटै पैसा नआएको र दशै सम्म असुली गरी विद्यालयको खातामा जम्मा गर्ने बताएका छन् ।