दार्चुला असोज १२ । जिल्लाको नौगाड गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा वडा नं २ सुण्डमुण्डकी अन्दाजी ४४ बर्षीया नरमादेवी ठगुन्नाको मंगलबार बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी ठगुन्नाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको पनि तीन बर्ष अगाडिनै मृत्यु भईसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय