
दार्चुला असोज १२ । धर्मराज मिडिया ग्रुप प्रा.लि द्धारा सञ्चालित नेपाल पाना अनलाईन डिजिटल सन्चार माध्यमले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उमेश जोशीले जिल्ला खेलकुद समितिलाई जानकारी नदिइ एकलौटी रुपमा खेलाडी छनोट गरेको भन्ने समाचार प्रति खण्डन गर्दै आपत्ति जनाएका छन । आफुलाई कुनै फोन सम्पर्क नगरीकन मनगणन्ते समाचार सम्प्रेसण गरेको भन्दै जोशीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन ।
असोज ४ गते सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले खेलाडी छनोट गरेर सिफारिस गर्न जिल्लालाई पत्राचार गरेको र आफु काम विषेशले गाउँमा भएका कारण ईन्टरनेटको समस्याले औपचारीक रुपमा जानकारी गराउन ढिलो भएको र फोन मार्फत जानकारी गराएको उनले वताए । असोज ७ गते जिल्ला खेलकुद कार्यालय सचिव श्यामराज अवस्थीलाई फोन मार्फत पत्राचार गर्न भनि सम्पर्क भएको जनार्ईएको छ ।
आफुले कुनै मनमानी ढङगवाट छनोट नगरेको र प्रशिक्षक भोजराज जोशीले छनोट गरेको वताएका छन ।
जिल्ला खेलकुद समितिका अन्य सदस्यलाई जानकारी समेत नगरी आफूखुसी निर्णय गरेको भन्ने प्रश्नमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले उनीहरुलाई आधिकारी रुपमा जिम्मा दिएको पत्र आफुकहाँ नरहेकोले जानकारी नगराईएको वताइएको छ । सूचना नपाएर खेलाडी दार्चुला आउन नसकेको भन्ने प्रशंगमा जोशीले विकट जिल्ला भएका कारण सवै नागरीक सुचनाको पहुचमा नरहेको हुन सक्ने भन्दै अपेक्षा गरिएको भन्दा पनि वढी खेलाडी सहभागी भएको वताएका छन ।
२५ जना खेलाडी पुगेको र महेन्द्र माविको खेल मैदानमा प्रशिक्षक मार्फत सिफारिसका लागी आएका खेलाडीहरुलाई आफुले सिफरिस गरेको वताएका छन । सुदुरपश्चिम खेलकुद परिषदले यहि असोज २० गते देखी २३ गते सम्म सञ्चालन गर्ने ओपन पुरुष भलिवल प्रतियोगितामा जिल्ला वाट १० गते कार्यालय समय भित्र खेलाडीहरु छनोट गरी पठाउन अनुरोध गरेको थियो । सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लावाट खेलाडी समावेश हुने भएका छन ।