सुदुरपश्चिम असोज १२ । सुदुरपश्चिम मोबाइल ब्ययवसाय संघ धनगढी कैलालीका अध्यक्ष सुरेश सापकोटाले बर्तमान अवस्थाको ब्यापार ब्यावसायबारे चिन्ता ब्यक्त गरेको छन । कोरोना भाईरसका कारण लामो समय देशमा रहेको वन्दावन्दी र सचेत ग्राहकका कारण ब्यापार निकै घटेको वताउदै आएका छन ।
सामाजिक सन्जाल फेशवुकमा उनले लेखेको लेख जस्ताको तेस्तै ।
ग्राहक विभिन्न पसलहरु डुल्छन । मूल्य बुज्छन । अहिले त झन सजिलो, इन्टरनेटमा पनि मुल्य हेर्छन । त्यसमाथी अनलाइनमा पनि हेर्दछन । कहाँ कतीमा पाइन्छ भन्दै बुझ्न थाल्छन । बुझी सकेपछि यसो सोच्छन फलानो को त मोबाइल पसल छ उसले मलाइ अझै मिलाएर दिन्छ कि भन्ने आशा राखेर पुग्छन । बजारमा च्याउ सरी उम्रेका मोबाइल पसल छन् ।
कतीले त दिन भर एक वटा सामान नबेची पसल बन्द गरेका पनि छन्। आफ्नो मानिस लामो समयपछि पसलमा आएको देखेर पसले खुशी हुँदै यसरी स्वागत गर्छ ।
ग्राहकः के छ खबर सन्चै हुनुहुन्छ ?
पसलेः ठिकै छ । सन्चै नै भन्नू पर्यो ।
ग्राहकः ब्यापार, ब्यबसाय राम्रै होला क्यार ?
पसलेः लामो सास तानेर फाल्दै खै के नराम्रो भन्नू गुजारा चलेकै छ ।
ग्राहकः केको गुजरा मात्र चल्नु नि यत्रो पसल गर्नु भएको छ । राम्रै कमाइ गर्नुभएको छ । कतिवटा घडेरी किन्नु भयो ?
झट्ट सम्झे झै गरेर ए अ साच्चै, केटाकेटीको यो अनलाइन क्लासले पनि दिक्कै बनायो । पैसो नभएको बेला । एउटाले नर्सरीमा पढ्दै छ, त्यसलाई पनि मोबाइल चाहियो ।अर्को ७ क्लासमा पनि पढ्दैछ उसलाइ पनि चाहियो । ठूलो १२ मा पढ्दैछ त्यसलाइ त झन् चाहिने नै भयो । त्यही भयर एउटा मोबाइलले नपुगेर आफन्तकहा नै जाउ कि भनेर हजुरलाई सम्झेको नि । हजुरले मिलाएर पनि दिनुहुन्छ ।
पसलेः ठिक छ। हजुर आउनुभयो खुसी लाग्यो । बरु कुन, कति सम्मको मोबाइल चाहिएला केटाकेटीलाई ?
ग्राहकः यसो धेरै महँगो ता किन्न पनि सकिँदैन। केटाकेटी उतौला छन् । लामो समय खप्दैन पनि । यसो २० देखि २५ हजारसम्मको सामसुङ, रेडमी, ओपो कुन राम्रो हुन्छ ?
पसलेः (२०÷२५ हजारसम्म मूल्यका मोबाइल देखाउँदै) हेर्नुस् त, कुन राम्रो लाग्छ हजुरलाई ?
ग्राहकः (यौटा मोबाइल हातमा लिँदै) यो मोबाइल मन पर्यो कति होला मूल्य ?
पसलेः अहिले यो मोबाइल खुबै चलेको छ बजारमा । भन्न त २५ हजार भन्नू पर्ने हो । यसो सटर भाडा मात्रै जोडेर भनेको तेईस हजार दिनु । मलाई जम्मा तीन प्रतिसतमात्रै राखेको छु । ब्रान्डेड समान हो।
ग्राहकः यही मूल्य त त्यहा तल पसलमा यसो बुझेको उसले पनि भन्दै थियो झन् तपाईं आफ्नै भनेर आएको अलि मिलाउनुस् ।
पसलेः आफ्नै भनेर आउनु भयो । साह्रै गाह्रो छ ।
पसले मनमनै कुरा गर्छ कति घटाउनु । थोरै नाफा राखेर बोलेको । दिऊ आफू नांगो । नदिऊ इष्ट बांगो । लामो सास फेर्छ ।
ग्राहक साउजी के सोच्दै हुनुहुन्छ ? यसो मिलाउनु । हजुरलाई सम्झेर आएको के फाइदा भयो र ?
पसलेः ठिकै छ २०० रुपैयाँ कम गरेर दिनु न त अरुलाई २३ हजार एक रुपैयाँ पनि कम हुन्न ।
ग्राहकः यत्रो २३ हजारको मोबाइल किन्दा पनी जम्मा २ सय मिलाउनु भयो । आफ्नो मान्छे भन्नू मात्रै । यो ता अलि भएन ।
पसलेः (ग्राहकलाई सम्झाइ बुझाइ गर्दै) सोचे जस्तो छैन गुरु । मैले नाफा राखेकै छैन । सटरभाडा तिर्नै पर्यो । हजुर आफ्नै भएर विश्वास गर्नु हुन्न ।
ग्राहकः ल जे भयो भयो छोडिदिनु होस् । २२ हजार ५ सय गर्नुहोस् ।
पसलेः (मनमनै सोच्दै पैसो पनि छैन) राखेर मात्रै के गर्नु । ढुकुटी पनि खप्टिएको छ । घरभाडा नदिएको पनि २, ३ महिना भयो । अरु सामान राख्न नपाएर पसल रित्तै जस्तो भएको छ । ठिकै छ फाइदा २ सय भय पनि पैसा अन्त चलाउनु पर्ला । हुन्छ त नि लैजानू । फेरि फेरि पनि आउनु होला ।
ग्राहकः आइहाल्छु नि । ल यसमा खोल सोल पनि हालिदिनु ग्यारेन्टी पनि होला त्यो पनि दिनु ।
पसलेः मोबाइलमा खोल राखेर वारेन्टी भरेर ग्राहकलाई दिदैँ ल लिनुस् मोबाइल ।
ग्राहकः (एक छिनपछि यसो पर्स निकाल्दछ र पैसा गन्न सुरु गर्दछ । गन्दै जादा १५ हजारमात्र निकाल्दछ ) ओहो, मसँग अहिले त १५ हजारमात्र रहेछ । यो लिनू, बाँकी रहेको पैसो १, २ दिनमा दिन्छु ।
पसलेः (ठूलो र लामो श्वास फेर्दै) मोबाइल बाकी त हुँदैन । साह्रै गाह्रो हुन्छ । (मनमनै सोच्दै फिर्ता गरौ भने पनि कसरी गरौ । खोल राखेको छ वारेन्टी भरेर ठिक्क पारेर प्याक गरेको मोबाइल जाडोमा पनि पसिना छुट्ला छुट्ला जस्तो हुन्छ।
ग्राहकः चिन्ता नलिनु के । यहाँ आज भयको पैसो सकिएछ, १, २ दिन त हो नि । म पठाइदिन्छु । हजुरले मलाइ नपत्याउनु भयको हो र ?
पसले ः (निनाउरो मुख लगाउँदै मनमनै नखाउ भने दिनभरीको सिकार, खाऊ भने कान्छा बाउको अनुहार) पैसा चाडै पठाइदिनुहोला है।
ग्राहकः ल ल चिन्ता नगर्नु म पैसा छिटै पठाइ दिन्छु । (ग्राहक ले मनमनै कुरा गर्छ यत्रो २२ हजार ५ सयको मोबाइलमा पक्कै पनि ५, ७ हजार त फाइदा खाएकै होला ।)
पसलेः चाडै पठाइ दिनु ल ।
ग्राहकः हस हुन्छ चिन्तै नगर्नु।
पैसा फिर्ता हुने आशमा तीन हप्तासम्म कुर्छ पसले । पैसा आउँदैन । यता पसल रित्तिदै गएको छ । फोन गर्न पनि अफ्ट्यारो लाग्छ उसलाई । एक महिनापछि फोन गर्छ । तीन चोटीमा बल्ल फोन उठ्छ।
पसलेः खै हराउनु भयो त ?
ग्राहकः हराएको छैन । कति आत्तिनु भएको ?
पसलेः गाह्रो भएर हो ।
ग्राहकः ल ल हुन्छ ।
पसलेः कहिले हुन्छ ? भोलि हुन्छ कि पर्सि हुन्छ ?
बोल्दा बोल्दै फोन काटिन्छ । फेरि फोन गर्दैन पसले । केही दिन पछि ग्राहककै फोन आउँछ ।
ग्राहकः (हेर्नु न त्यो मोबाइल त नर्सरीमा पढ्ने नानीले चलाउदा खसालेर फुट्यो । त्यसको ग्यारेन्टी छ नि है ? कहाँ लाने हो कि त्यही ल्याउनु पर्दछ ?
पसलेः कम्पनीको ग्यारेन्टी होइन वारेन्टी हो । त्यही पनि फुटेको, पानीमा परेको सामानको वारेन्टी हुन्न हजुर ।
ग्राहकः (रिसाउदै) कस्तो ढाट कम्पनी रहेछ है । मोबाईल फुटेको पानीमा परेको ग्यारेन्टी नदिए के को ग्यारेन्टी भनेको होला । मोबाईल बिग्रने नै त्यही भयर हो ।
पसलेः त्यो बाकी रहेको पैसा कहिले पठाइदिनु हुन्छ ?
ग्राहकः ल ल पठाउछु । फेरि त्यो मोबाइल बनाउनु पर्यो । कम्पनीले दिदो रहेनछ ।
पसलेः छिटो पठाइदिनु न है ।
ग्राहकः ल ल तपाइको पैसो खाइदिने जस्तो गर्नु भयको छ र ?
रिसाउँदै फोन राख्छ ।
पसलेः (टाउकोमा हात राख्दै मनमनै) पैसा फिर्ता आएको छैन । मोबाइल बिग्रीसक्यो । राम्रै भएको सम्बन्धमा पनि दरार । बोलचाल बन्द । यस्तै यस्तै समस्याका चपेटाहरु बिचबाट गुज्री रहेको छ बर्तवान ब्यबसाय ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय