दार्चुला असोज १२ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ मा रहेको पिपलचौरी माध्यामिक विद्यालयमा लगाईएको ताला तोडिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी मावि तहको शिक्षक नियुक्तीका लागी विज्ञापन गरेको भन्दै विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष एवम वर्तमान सदस्य जंगवहादुर वम लगायतको टोलीले सोमवार विद्यालयको प्रशासनमा तालावन्दी गरेको थियो ।
कोभिड १९ का कारण लामो समय वन्द रहेका विद्यालयहरु केहि दिन अघिदेखी मात्रै पठन पाठनको काम भएकोले गाउँपालिकामा आएको निवदेन माथि कार्वाही भैरहेका वेला सयौँ विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरिएको भन्दै वडा अध्यक्ष जय वहादुर वंम र विद्यालय ब्यवस्थापना समितिका अध्यक्ष करन सिह महराको रहोवरमा ताला तोडिएको विद्यालय प्रशासनले जनाईएको छ ।
विद्यालय ब्यवस्थापन समितिलाई विना पत्राचार शिक्षक भर्नाको सुचना आह्वान गरेको, ७ कोठे भवनको लिलाम वाफतको पैसाको लेखा जोखा नभएको, अहिले सम्म विद्यालयको समाजिक लेखा परिक्षण, समाजिक परिक्षण नभएको जस्ता ७ वुदे मागहरु राख्दै विद्यालय वन्द गरिएको थियो ।
उता सदस्य बमले बिना छलफल र सहमति ताला तोडीएको भन्दै आक्रोस पोखेका छन । यो विषयमा आईतवार गाउँपालिकाको शिक्षा शाखामा निवेदन दिएको र शाखाले पनि चासो नदिएकाले अव उपान्त विद्यालयमा हुने क्षतिको जिम्मा गाउँपालिकाको शिक्षा र शाखा प्रमुखले लिनु पर्ने भन्दै भोली देखी थप शसक्त आन्दोलन हुने उनले चेतावनी दिए ।
यता गाउँपालिकाको शिक्षा शाखाले विद्यालयलाई आईतवारकै मितिमा विद्यालयमा भए गरेका काम कार्वाहीको ५ दिन भित्र स्पष्टीकरण दिन पत्राचार गरिएको र स्पष्टिकरण नआएको गाउँपालिका शिक्षा शाखाका प्रमुख हेमराज जोशीले वताए ।