
दार्चुला असोज १२ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले भारतबाट आउने नेपालीलाई सीमानाकामै कोरोना विरुद्वको खोप लगाउन थालेको छ । भारतका विभिन्न क्षेत्रबाट ज्याला मजदूरी गरि फर्कने नेपालीलाई जिल्ला सदरमुकामको खलङ्गा पूलघाटमा खोप लगाउन थालिएको छ।
खलङ्गा पूलघाटमा दशैंतिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिले सीमामा भारतबाट फर्किने नेपालीको सख्या बढ्दै गएको छ । दुई दिनमा सदरमुकाम खलंगाको पूलघाट नाका भएर भारतबाट आउने ३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोनाविरुद्वको खोप लगाउन थालिएको हो । अहिले दिनहुँ नेपाली फर्किरहे पनि टाढाबाट आउनेलाई खोपको सुविधा दिइएको छ ।