काठमाडौं, १४ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठक अहिले बालुवाटारमा सुरु भएको छ । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलिय बैठक बोलाएका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरुहलाई बोलाइए पनि प्रमुख प्रतिपक्षि दल नेकपा एमाले बैठकमा सहभागी नहुने भएको छ । बैठकहलमा एमालेका लागि राखिएका कुर्सीहरु खाली छन् ।

पछिल्लो समयमा एमालेले देउवाको नेतृत्वमा राजनीतिक दल फुटाउने अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामख अग्नी प्रसाद सापकोटाको विरोध गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । रिपोर्टर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय