दार्चुला । जिल्लाको नौगाड गाउँपालिकालाई सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त भएको छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारद्धारा नेपाल स्थित दूतावास मार्फत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दलजितसिंह धामीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरिएको हो ।

स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि अध्यक्ष धामीले पहल गरेको पालिकाले जनाएको छ ।

नौगाड गाउँपालिका—३ जामीर आधारभूत अस्पतालले प्रयोग गर्ने गरि एम्बुलेन्स संचालन हुने गाउँपालिकाले जनाएको छ ।

जिल्लाको विकट क्षेत्र भनेर चिनिने नौगाड गाउँपालिकाका जनतालाई एम्बुलेन्स सेवा उपलब्ध गराउन अध्यक्ष धामीले पहल गरेका थिए ।

‘भौगोलिक विकटताले गर्दा बिरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष धामीले भने,‘अब यो एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ ।एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय