दार्चुला । जिल्ला सदरमुकाम खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पसको प्रमुखमा दार्चुला घर भएका नरेन्द्रराज अवस्थी नियुक्त हुनु भएको छ । सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८० असार ३१ गतेको निर्णय बमोजिम उपप्राध्यापक अवस्थीलाई नियुक्त गरिएको हो ।
उपप्राध्यापक अवस्थीलाई साउन १ गते (आज) देखी कामकाज गर्ने गरी नियुक्त गरिएको सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर कञ्चनपुरका उपकुलपति प्राध्यापक डा. अम्मराज जोशीले बताउनुभयो ।
अवस्थीलाई सुदूरपश्चिम विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ अनुसार नियुक्त गरिएको उपकुलपतिको कार्यालयले जनाएको छ । उपप्राध्यापक अवस्थी क्याम्पस प्रमुखमा नियुक्त भएपछि सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ ।
