बिशालनगर । समय सान्दर्भिक कथा बस्तु समेटिएको हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक भएको छ । कञ्चनपुरको सुन्दर नगरी कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा ‘नसानाडी’को छायाँकन भएको हो ।
टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, संस्कृतीलाई जोगेर्ना गर्ने लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।
टेलीश्रीखंलाकोे कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारी गरेका हुन । उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण जनाईएको छ । श्रावण १ गते आज (सोमवार( राति ८ बजे पहिलो भागको प्रसारण भएको छ भने अब देखि प्रत्येक हप्ताको सोमवार सोही समयमा प्रशारण निर्मता टिमले जनाएको छ ।
उक्त टेलीश्रीखंलामा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय छ ।
टेलीश्रीखंला डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीको प्रस्तुती रहेको र देउराली क्रियसनको युटुब च्यानल बाट प्रसारण भएको छ ।
