दार्चुला असोज १४ । दार्चुला तिंकर सडकको कालागाड खोला अगाडी पोखरा भिरमा नयाँ ट्रयाक खोल्ने काम भैरहेको सडक आयोजनाले जनाएको छ । गत भदौ १३ गते राती परेको अविरल वर्षाका कारण  कालागाड खोलामा आएको बाढीले दार्चुला तिंकर सडकको सो क्षेत्रमा नजिक ४ सय मिटर कच्ची सडकका वगाएको थियो ।

खोला वारी र खोला पारी गरी अहिले दुवै क्षेत्रमा सडक निर्माणको काम भइरहेको योजनाका प्रमुख आशुतोस कर्णले जानकारी दिए । खोला किनारबाट ग्याबिन जाली भरेर पर्खाल निर्माणको काम भइरहेको तथा चट्टानी भु–भागमा ब्लास्टिङ गरेर ट्रयाक खोल्ने कार्य भइरहेको उनको भनाई छ ।

दार्चुला तिंकर सडक योजनाको ईमरजेन्सि कार्य अन्तरगत लागत अनुमान तयार गरेर काम अघि बढाइएको तथा छिट्टै ट्रयाक खोली वन्द रहेको यातायात खुल्ने कर्णले वताए । सो क्षेत्रमा इन्द्रधनु निर्माण सेवाले सडक निर्माणको काम गरिरहेको छ । बाढी र पहिरोले सडक बगाएपछि दुहुँ र ब्याँस गाउँपालिका सम्म चल्ने सवारीका साधनहरु अहिले वन्द रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय