काठमाडौं । दिवा खाजा कार्यक्रमको लागि बजेट अपुग भएपछि विद्यार्थीहरूको दिवा खाजा कटौती हुने देखिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सदस्य सचिव डा। हरि लम्सालका अनुसार अर्थ मन्त्रालयबाट बजेट थप नभएमा चालु आव ०८०र८१ को साउनदेखि नै कक्षा १ देखि ५ सम्म मात्रै दिवा खाजा दिइनेछ।

सरकारले यसअघि कक्षा ६ सम्म नै दिवा खाजा दिँदै आएको थियो तर यस आवमा दिवा खाजा कार्यक्रमको लागि कम बजेट निकासा भएको शिक्षा मन्त्रालयका सदस्य सचिव लम्सालले बताए।

शिक्षाले अर्थ मन्त्रालयलाई दिवा खाजा कार्यक्रमको लागि थप बजेट निकासा हुने कि कक्षा ५ सम्म मात्रै दिनेरु भनी प्रश्न गरिसकेको जानकारी उनले दिए।

‘यस वर्ष कम बजेट विनियोजन भयो, त्यसैले कक्षा ६ सम्मलाई पुग्दैन, हामीले कक्षा ५ सम्मलाई मात्रै दिने कि थप बजेटको व्यवस्था गरी कक्षा ६ सम्मलाई नै निरन्तरता दिने भनी सोधेका छौँ, अब छिट्टै यसको निर्णयरप्रतिक्रिया आउँछ होला,’ उनले भने।

शिक्षा मन्त्रालयले अहिले कक्षा ६ सम्म विस्तार भएको दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्न आव ०८०र८१ को बजेट सार्वजनिक हुनुअघि नै अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको थियो तर त्यो प्रस्तावअनुसार बजेट विनियोजन भएन।

सरकारले चालु आव ०८०/८१ मा सरकारी ९सामुदायिक० विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री डा-प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताएका थिए। तर यति रकमले कक्षा ५ सम्मलाई मात्रै पुग्ने शिक्षा मन्त्रालयले जनाएको छ।

दिवा खाजा व्यवस्थापनका लागि संघीय सरकारबाट सशर्त अनुदानको व्यवस्था भएपछि कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका स्थानीय तहले प्रति विद्यार्थी दैनिक २० रूपैयाँका दरले तथा अन्य स्थानीय तहले प्रति विद्यार्थी दैनिक १५ रूपैयाँ दरले दिँदै आएका छन्।

सरकारले यो रकम अपर्याप्त भएमा स्थानीय तहले थप स्रोतको व्यवस्थापन गर्न एवं विद्यालयका अभिभावक गैरसरकारी संघसंस्था वा अन्य निकायसँग लागत साझेदारी गर्ने व्यवस्था गर्नु भनेको छ।

जंक फुड दिन नपाइने

सरकारले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था पनि गरेको छ।

अर्थमन्त्री महतले बजेट सार्वजनिक गर्दा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाएको बताएका थिए। पछिल्लो समय दिवा खाजा कार्यक्रम स् घट्दै ‘जंकफूड’ मोह, स्थानीय परिकार प्राथमिकतामा छ।

सरकारी विद्यालयहरूले पछिल्लो समय छात्रछात्राहरूलाई दिवा खाजामा स्थानीय तहमा उत्पादित परिकारसँगै फलफूल खुवाउन थालेका छन्। सरकारले २०७७ सालबाटै सरकारी विद्यालयहरूमा दिवा खाजाअन्तर्गत ‘जंकफुड’ हटाएर अनिवार्य पकाएरै खुवाउनुपर्ने निर्णय गरेको थियो।

जसअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भनेको छ, ‘दिवा खाजा व्यवस्था गर्दा बजारमा खरिद गरिएको जंकफुड नखुवाउने, सकेसम्म स्थानीय कृषि उपजमा आधारित खाद्यान्न, तरकारी, दूध, दही, माछा‚ मासु, फलफूललगायतका सामग्रीहरूबाट ताजा र पोषिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाउनू।’

सरकारी ९सामुदायिक० विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको सुरूवात विसं १९६४ देखि सुरू भएको हो। त्यस बेला ३७ जिल्लामा सुरू भएको थियो। हाल ७७ वटा जिल्लामै दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ।

कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने, शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सुरू भएको हो। थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय