दार्चुला असोज १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पालिका अधिवेशन विहिवार सम्पन्न भएको जनाएको छ । पार्टीले जिल्लाको महाकाली नगरपालिकामा मोहन बहादुर निरौलाको संयोजकत्वमा १७ जनाको कार्य समिति चयन गरिएको छ । नगरमा मोहन सिह धामी उपाध्यक्ष, जमन थापा सहसचिव, नारायण दत्त भट्ट कोषाध्यक्ष रहेका छन ।
शैल्यशिखर नगरपालिकामा स्वामी रामानन्द सरस्वती नगर समिति अध्यक्ष लगायत १५ जनाको नगर कार्य समिति चयन गरिएको छ ।
ब्याँस गाउँपालिकामा अध्यक्ष मानसिह खाती, उपाध्यक्ष सुरज सिह ऐतुवाल, सचिव धन सिह धामी गरी १५ जनाको गाउँ कार्य समिति चयन भएको छ ।
अमर पुरुष अध्यक्ष रहने गरी नौगाड गाउँपालिकामा १७ जनाको गाउँ कार्य समति गठन गरिएको छ । अमर सिह डडाल उपाध्यक्ष, उज्जव सिह ठगुन्ना सचिव र गौरी देवी ठगुन्ना कोषाध्यक्षमा चयन गरिएको छ । पार्टीको जिल्ला अधिवेशन भने यहि असोज १८ गते गरिने भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs