काठमाडौँ असोज १५ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९८ जनामा कोरोना भाइरस संक्रमण भेट्टिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ११३ पीसीआर परीक्षणमा शुक्रबार थप ८ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २५५ परीक्षणबाट १६८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ३ सय ६८ परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६६ हजार ६ सय ९६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख १५ हजार ४९५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २ सय ४२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार ११५ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा खोप लगाएकाको संख्या २ लाख १७ हजार ३ सय ९१ रहेको छ ।
मन्त्रालयको तथ्यांक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय