डडेल्धुरा । डडेल्धुरामा शव बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ ।

धनगढीस्थित सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना भएको हो । अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गमा ब्रेक फेल भएर दुर्घटनामा परेको जनाइएको छ ।

एम्बुलेन्समा शवसहित ६ जना रहेका र सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय