प्रेमराज जोशी दार्चुला असोज १५ । महाकाली नगरपालिकाले निजाङ खोलामा बाढि र पहिरोले वगाएका घट्टहरुको वैकल्पिक ब्यवस्थापन नगरपालिकाले गर्न थालेको छ । यहि भाद्र १३ गते राति अविरल वर्षा सँगै आएको वाढी र पहिरोले निजाङ खोलाका १४ वटा पानी घट्ट पुर्ण रुपमा खोलाले बगाएको थियो ।
भएको अन्न पनि पिसेर खानको लागी समेत घट्ट वगीसकेकोले भोकमारी हुने भन्दै नगरपालिकाकाले तत्काल पिसानी चक्कीको ब्यवस्थापन गर्न लागेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिए ।
१४ वटै घट्टहरुमा २÷३ दिन लाम लागेर पिस्नु पर्ने भन्दै अहिले पुर्ण रुपमा प्रभावित नगरपालिका क्षेत्रका मलेरा, कोट, कौतोली, श्रीवगर, छापरी लगायतका स्थानियहरुलाई अन्न पिस्न समस्या भएको छ ।
नगरकार्यपालिकाले यस अघि नै घट्ट पुनः निर्माणको लागी ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । ५ लाख रुपैयाँमा अहिले नगरमा ९ वटा पिसानी चक्की पुगेका छन ।
नगर क्षेत्रको मलेरा, कोट, कौतोली, श्रीवगर, छापरी वस्तिमा चक्की जडान हुने नगरपालिकाले जनाएको छ ।
निजाङ खोलामा रहेको निजाङ सानो लघु जलविद्युत पुर्ण रुपमा क्षति भएकोले कोट कौतोली क्षेत्रमा विद्युतको समस्या भएको र समाधान भैरहेको नगर प्रमुख भट्टले वताए ।
नगरपालिकाकै नाममा मिटर लगाएर पुरानै लाईनमा वत्ति जडान गरिदिन विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई पत्राचार गरिएको समेत उनले वताए ।
सिङगल मिटर लगाएर वत्ति जडान हुने र मिटरमा उठेको पैसा पनि नगरपालिकाले दिने भएको छ । सो क्षेत्रमा खोलाले तत्काल घट्ट पुन निर्माण गर्न सक्ने अवस्था समेत राखेको छैन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs