दार्चुला । साउन यता मात्रै स्क्रव टाइफसका १७ जना विरामीहरु भेटिएका छन । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले जानकारी दिए ।

यस अघि गत आर्थिक वर्षमा जम्मा २४८ जनामा स्क्रब टाइफस देखिएकोमा चालु आर्थिक वर्षको साउन १४ गते आइतबार सम्म १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले वताए । जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि ९ जनामा स्क्रब टाइफस देखिएको छ । दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकामा समान २ /२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

यस्तै मार्मा गाउँपालिकाका लेकम गाउँपालिका पनि समान १/१ जना गरी १७ जनामा स्क्रव टाइफस देखिएको अस्पताल दार्चुलाका सुचना अधिकारी भट्टले बताए । हाल सम्म ११ जना महिला तथा ६ जना पुरुषमा यो रोग देखा परेको छ । संक्रमण देखिएका मध्ये १ जनालाई जिल्ला अस्पताल दार्चुलामा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

डाक्टर भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ । गत आर्थिक वर्ष २०७९/८०को असार मसान्त सम्म २४८ जना मध्ये ६५ जना पुरुष तथा १८३ जना महिलामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय