दार्चुला । जिल्लामा आँखामा लाग्ने कन्जक्टिभाइटिस भाइरल रोगको संक्रमण फैलिएको छ । केहि दिनयता जिल्लामा आँखामा लाग्ने कन्जक्टिभाइटिस भाइरल रोगको संक्रमण फैलिएको आँखा उपचार केन्द्र दार्चुलाका नेत्र सहायक करन सिंह डागाले बताए ।
रोगको संक्रमण फैलिएपछि आँखा उपचार केन्द्र तथा मेडि क्लिनिकहरुमा आँखाका बिरामीहरुको भीड बढेको छ । ‘केहि दिन देखी जिल्लामा आँखामा लाग्ने कन्जक्टि भाइटिस भाइरल रोगको संक्रमण फैलिएको छ, दिनमा ६० देखि ७० जना उक्त समस्या लिएर आउछन् उनले भने ।’
अहिले आँखा उपचार केन्द्र दार्चुलामा दैनिक रुपमा आखाँ सम्बन्धि समस्या लिएर उपचार गराउन आउनेको संख्यामा वृद्धि भएको छ ।
मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेको उहाले बताउनुभयो । आँखा उपचार केन्द्रको ओपीडीमा आँखाको उपचार गराउन आउने बिरामीहरु मध्ये अधिकांसमा कन्जक्टिभाइटिस भाइरल सँग सम्बन्धित समस्या देखिने गरेको उहाले जानकारी दिनुभयो । आँखा उपचार केन्द्रको ओपिडिमा अहिले दैनिक ६० देखी ७० जना सम्म आउने गरेको उनले बताए ।
आज मात्रै उपचार केन्द्रमा ६५ जना आएको बताइएको छ । यो सामान्य किसिमको भाइरल भएकाले एकदेखि डेढ हप्तासम्म आफै निको हुने उनले बताए । बेला–बेलामा आँखालाई चिसो तथा सफा पानी पखाल्न र आईड्रपहरु प्रयोग गर्न उहाले सुझाव दिनु भएको छ ।
जुनसुकै उमेर समुहका व्यक्तिमा पनि यो समस्याका देखा पर्न सक्ने भन्दै उहाले आँखाको सरसफाईमा ध्यान दिन पनि सुझाव दिनु भएको छ । ‘यो रोग दीर्घकालीन असर गर्ने खालको नभएर सामान्य किसिमको भाइरल भएको चिकित्सकहरुले बताएका छन् । यो सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने उनले बताए ।
