काठमाडौं, असोज १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म ५ मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएका छन्। सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सकेसम्म आजै मन्त्रिपरिषद विस्तार र सपथ पनि हुने बताए।
काठमाडौंमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सकेसम्म आजै मन्त्रिपरिषद विस्तार र सपथ गराउने भन्ने छ। नभए पनि मन्त्री हुनेहरू टुंग्याउने भन्ने छ,’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए। देउवा असार २९ मा प्रधानमन्त्री बने पनि अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। साभार सेतोपाटी