काठमाण्डौ । इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आउँदो अक्टोबररनोभेम्बरमा हुने एकदिवसीय विश्व कप गुमाउने भएका छन् ।

इङ्ल्यान्डका छनोटकर्ता ल्युक राइटले आर्चर भारतमा हुने विश्व कपमा वैकल्पिक खेलाडीको रुपमा रहने जनाएका छन् ।

इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्व कप उपाधि जिताउन आर्चरले शानदार प्रदर्शन गरेका थिए । आर्चर लामो समयपछि गएको जुनमा टोलीमा फर्किएका थिए । दायाँ हातको कुइनोमा चोट लागेपछि उनी डेढ वर्ष मैदान बाहिर थिए ।

आर्चरले गएको मार्चमा बङ्गलादेशसँगको एकदिवसीय र टी–२० शृङ्खला खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय