दार्चुला, असोज १८ गते । महेन्द्र नमुना माद्यामिक विद्यालयको नवनिर्मित विद्यालय भवन तथा छात्राबासको संयुक्त रुपमा एक औपचारिक कार्यक्रम गरी उद्धघाटन गरिएको छ ।

सोमबार प्रदेश सरकार र महाकाली नगरपालिकाको बजेटवाट निर्माण गरिएका विद्यालय भवन तथा छात्रासको उद्धघाटन गरिएको छ ।
२००९ सालमा स्थापना भएको खलंगा प्राथमिक विद्यालय र महेन्द्र नमुना माद्यामिक विद्यालय २०७३ सालमा मर्ज भएका थिए । खलंगा प्राथमिक विद्यालयको भवन संरचना जिर्ण भएकाले २० कोठे तीनवटा नयाँ भवनहरुको निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत १ करोड ६० लाखमा ८ कोठे विद्यालय भवनको टेण्डर प्रक्रियाद्धरा निर्माण सम्पन्न भएको छ ।

त्यसैगरि अर्को ८ कोठे भवनको भुई तला प्रदेश सरकारको शिक्षा निर्देशनालयको ७० लाख बजेटमा ठेक्का प्रक्रिया मार्फत र पहिलो तला महाकाली नगरपालिकाको ३४ लाखमा विद्यालय ब्यवस्थापन समितिले निर्माण गरेको प्रधानाध्यापक जोशीले बताए । तेस्रो ४ कोठे विद्यालय भवन प्रदेश सरकारको ९५ लाख बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो ।

त्यसैगरि टुहुरा तथा असहाय बालबालिकाहरुको बसोबासका लागि महाकाली नगरपालिकाको वडा नं ५ गल्फै क्षेत्रमा सात कोठे छात्राबास भवन निर्माण गरिएको छ । स्थानिय जग्गा दाताहरुले दिएको जग्गामा सात कोठा र ट्वाइलेट, बाथरुम र भान्सा सहितको छात्रासको निर्माण सम्पन्न भएको प्रधानाध्यापक जोशीले बताए । प्रदेश सरकारको ७० लाख बजेटमा महाकाली नदी तटबन्ध संगै जोडिएको जमिनमा उक्त छात्राबासको संरचना निर्माण गरिएको छ ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष महादेब बडु कस्यपको अध्यक्षतामा गरिएको उद्धघाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका उप सभामुख निर्मला बडाल जोशी प्रमुख अतिथि रहनुभएको थियो । विद्यालयका साहायक प्रधानाध्यापक दामोदर जोशीले सञ्चालन गर्नु भएको कार्यक्रममा महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले सबैको सहयोग र प्रदेश तथा नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय भवनको निर्माण सम्पन्न भएको बताए । हाल विद्यालयमा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाई भइरहेको तथा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्ययममा पढाई सञ्चालनमा रहेको उनले वताए । विद्यार्थीको चापका कारण १ देखि १० सम्म दिउसो र ११ तथा १२ का कक्षाहरु विहान सञ्चालनमा रहेको प्रधानाध्यापक जोशीको भनाई छ ।

कार्यक्रममा बौल्दै शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले सम्पुर्ण विकासको पुर्वाधार शिक्षा रहेकोले राज्ले शिक्षकलाई उच्च सम्मान नदिए सम्म शिक्षाको विकास सम्भव नरहेको वताए ।

महाकाली नगरपालिका वडा नं ५ का स्थानिय लोकमणि ठगुन्ना, प्रेम ठगुन्ना र रघुविर ठगुन्नालाई कार्यक्रममा छात्राबासको जग्गा उपलब्ध गराएको भन्दै सम्मान गरिएको छ । जग्गा प्राप्तिमा सहजिकरण गर्ने महाकाली नगरपालिका वडा नं ५ का वडाध्यक्ष तोरण प्रसाद अवस्थी र समयमै निर्माण सम्पन्न गर्ने निर्माण ब्यवसायी तथा विद्यालय ब्यवस्थापन समितिलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका उप सभामुख निर्माण बडाल जोशीले नमुना विद्यालयमा छतमा टेन्ट राखेर पढाई भइरहेको विषयले दुखि बनाएको र प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय