काठमाडौं । मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० आई क्रिकेट सिरिजमा नेपालले आज ९बुधवार० कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र कुवेतबीचको खेल नेपाली समयानुसार बिहान ११ः ४५ बजेबाट मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ।

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतबीच सिरिज खेल आयोजना भएको हो।

नेपालले सिरिजको पहिलो खेलमा हङकङविरुद्ध जित निकालेको थियो। नेपालले मंगलबार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो।

नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। कुवेतविरुद्धको बुधबारको खेलमा जित निकाले नेपालको फाइनल यात्रा पक्का जस्तै हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय