दार्चुला असोज १८ । जिल्लाको नौगाड गाउँपालिकामा नेपाल टेलिकमको नयाँ टावर सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा नम्बर ६ धुलिगडामा भौतिक निर्माण र उपकरण जडानको काम सकिएपछि सोमवार नेपाल टेलिकमको नमस्ते टावर सञ्चालनमा आएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

गाउँपालिकाका अधिकासं क्षेत्रका नागरिक फोन र इन्टरनेट सेवाको पहुँच बाहिर थिए । नयाँ टावर सञ्चालनमा आएसंगै झण्डै एक हजार भन्दा वढी घरधुरी प्रतक्ष रुपमा सेवा पाउने भएका छन । धुलिगडा टावरमा तत्काल टु जि सेवा सञ्चालन गरिएको र दशैंपछि फोर जि बिटिएर जडान गरिने टेलिकम दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय