दार्चुला असोज १८ । नेपाली कांग्रेस दुहुँ गाउँकार्य समितिको वैठक सम्पन्न भएको छ । सोमवार गाउँपालिकाको केन्द्र हिकिलामा वैठक सम्पन्न भएको हो । नवनिर्वाचित गाउँकार्य समितिका सभापति नरेन्द्र सिह कुवरको अध्यक्षतामा वसेको वैठकले विभिन्न निर्णय पारित गरेको छ ।
वैठकले पूर्व गाउँकार्य समितिलाई धन्यवाद दिदै पार्टीको कार्यालय दुहुँ गाउँपालिकाको वडा नम्वर ४ धारीमा स्थापना गर्ने निर्णय गरेको छ । नयाँ कार्य समितिको खाता सञ्चालन, नियमित वैठक, लेवी उठाउने सम्वन्धमा, टोल समिति गठन सम्वन्धमा र सल्लाहाकार समिति गठन सम्वन्धमा वैंठकले निर्णय गरेको हो ।
वैंठकमा पूर्व गाउँकार्य समितिका पदाधिकारी, नयाँ गाउँकार्य समितिका पदाधिकारी, क्षेत्रिय प्रतिनिधि, पुर्व वडा सभापति नयाँ वडा सभापति लगायत कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय