सुदूरपश्चिम / सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक खुल्ला डेउडा प्रतियोगिताको उद्घाटन भएको छ । सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बाहादूर साउँदको प्रमुख आथित्यतामा उद्घाटन समारोह सञ्चालन भएको छ।

दूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता भदौ १४ ,१५ र १६ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दल बाहादूर बोगटीले बताउनुभयो।

‘भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा ८ औं पटक गरिन लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताएका छन्।

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई नगद २१ हजार,द्वितीयलाई नगद १५ हजार, तृतीयलाई नगद ९ हजार र सान्त्वनालाई नगद ५ हजारका साथै प्रमाणपत्र प्रदान गरिने छन्। हरेक दिन एक जना उत्कृष्ट डेउडियालाई नगद पुरस्कार पनि प्रदान गरिने प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टि. एन.जोशी बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय