काठमाडौं असोज १९ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको भागबन्डामा सहमति भएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबन्डामा सहमति भएको हो । जसअनुसार नेकपा एकीकृत समाजवादीको भागमा पाँच मन्त्रालय र एक राज्यमन्त्री परेको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले आफूहरुले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको बताए ।

एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको उनले जानकारी दिए । समाजवादीबाट एकजना राज्यमन्त्रीसमेत हुने भएको छ ।

एकीकृत समाजवादीको तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आलेमगर मन्त्री बन्ने पक्का भइसकेको छ । एकीकृत समाजवादीले राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारे पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ । एकीकृत समाजवादीका नेताहरू अहिले आन्तरिक छलफलमा छन् । साभार अन्नपुर्ण टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय