धनगढी । धनगढीमा आयोजित ‘सुदूरपश्चिम गौरा महोत्सव एवम् खुल्ला देउडा प्रतियोगिता २०८०’ मा बाजुरेली सेवा समाजले प्रथम स्थान प्राप्त गरेको छ ।
देउडा खेलमा बाजुरेली सेवा समाजका अध्यक्ष वजिरसिंह धामी, सचिब भरत केसी ‘नशानाडी’ सिरियलका निर्देशक तथा हाँस्य कलकार दिर्घ शाही कलकार कपुरराज गिरी लगायत १० जनाको सहभागिता थियो ।
सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा सुदूरपश्चिम प्राज्ञा प्रतिष्ठान र देउडा प्रतिष्ठान केन्द्रिय कार्य समिती धनगढी कैलालीको संयुक्त आयोजनामा भाद्र १४ गतेदेखि १६ गतेसम्म भएको प्रादेशिक खुला देउडा प्रतियोगितामा उक्त समाज प्रथम भएको हो ।
यस्तै, खेलमा बझाङ महिला समूह द्वितीय र कल्पना खड्का समुह तृतीय स्थान प्राप्त गरेका छन् । क्रमशः प्रथम पुरस्कार २१, द्वितीय १५, र तृतीय १० हजार रहेको थियो ।
