काठमाडौं । एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ । शनिबार श्रीलंकाको क्यान्डीमा शुरु भएको खेलमा निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्द भएको हो ।

खेलमा नतिजा नआएपछि दुवै टीमले १ १ अंक बाँडेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो । तर दोस्रो इनिङमा पाकिस्तानले ब्याटिङ गर्न नसकेपछि खेल रद्दको घोषणा गरिएको हो ।

पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको म्याचमा विजयी टिम सुपर फोरमा पुग्ने छन् । अंक बाँड्नुपर्ने अवस्थामा नेपाल बाहिरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय