
दार्चुला असोज २० । नेपाल प्रहरीको ६६ औ प्रहरी दिवस सम्पन्न भएको छ । बुधवार जिल्ला प्रहरी कार्यलयमा सुदुरपश्चिम प्रदेश सभाका उपसाभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवंम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले अहिले प्रदेश प्रहरी ऐन विचाराधिन अवस्थामा रहेको वताउनु भयो ।
प्रहरीले कम तलवमा सेवा प्रदान गरेको भन्दै आज प्रहरी समाजको अभिन्न अंग भएको वताए । हरेक क्षेत्रमा हरेक नागरीकको प्रहरी साथी भएको भन्दै सिमित स्रोत साधनका वावजुत पनि प्रहरीले उच्च काम गरेको वताए । हरेक आधि वेहरी सँग लडेको भन्दै प्रहरीले सान्ति शुरक्षा अमन चयनमा महत्वपुर्ण भुमीका निर्वाह गरेको प्रशंंसा गर्नु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवंम महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले प्रहरी संघठनलाई सुदृढ वनाउन राज्यले ध्यान दिन नसकेको वताए । हरेक क्षेत्रमा प्रहरी खटिनु पर्ने भन्दै जिल्लामा दरबन्दी अनुसारको प्रहरी नभएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
हरेक जिम्मेवारी प्रहरीलाई रहेको भन्दै समय समयमा तालिमको आवश्यक रहने भट्टले वताए ।
प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले शान्ति शुरक्षा अमन चयन गर्ने काम प्रहरीको रहेको भन्दै नागरीकको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभयो । सरकारले स्पष्ट निति र काम गर्ने उपयुक्त वतावरण निर्माण गर्नु पर्ने वताए ।
सेवाग्राही सवैलाई उचित सम्मान, ब्यवहार गर्नु पर्ने भन्दै प्र.जि.अ जोशीले सेवा प्रवाहलाई धमीलीने गरी नगर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा जग्गाधनी नरपता देवी बमलाई व्रह्मदेव चौकीको भवन निर्माणको लागी जग्गा उपलब्ध गराएको भन्दै सम्मान गरिएको छ । त्यस्तै लेकम गाउँपालिका वडा नम्वर १ सर्माेलीका तिखे साउद लाई पनि प्रहरीको लागी जग्गा उपलब्ध गरेको भन्दै सम्मान गरिएको छ । जेष्ठ पुर्व प्रहरी दिलानन्द बडू र जिल्लामा उत्कृष्ट काम गर्ने प्रहरी जवान, प्रहरी हउल्दार, प्रहरी साहायक निरिक्षक, लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्थानिय तहका प्रमुख एवंम प्रतिनिधि, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवंम प्रतिनिधि, पत्रकारहरुको उपस्तिथि रहेको थियो ।
२०१२ सालमा नेपाल प्रहरीको स्थापना भएको हो । असोज मसान्तलाई प्रत्येक वर्ष प्रहरीले दिवसका रुपमा मनाउने गरेको छ ।