काठमाण्डौ  – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाउनुभएको छ । चौतर्फी आलोचना भएपछि उहाँले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाउनुभएको हो ।

शनिवार बेलुकी सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । सामाजिक सञ्जालमा उहाँको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय