
दार्चुला असोज २०। ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुमा रहेको स्काई टावर सञ्चालनमा आउने भएको छ । छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ मंगलबार हेलिकोप्टरमार्फत छाङरु पुगेको हुन्न ।
विद्युत अभाव र उपकरणमा समस्या देखिएर लामो समयदेखि सञ्चार बिहिन बनेको कालापानी नजिकको गाउँ छाङरुमा स्काई टावर संचालनमा ल्याईने भएको छ ।
व्यासमा चामल ढुवानी गर्न आएको हेलिकोप्टरमार्फत नेपाल टेलिकम दार्चुलासंग रहेका १६ थान सोलार प्यानल समेत ढुवानी गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिए ।
केहि दिनमै छाङरु तिङकरमा स्काई फोन सेवा सुचारु हुने उनको भनाई छ । ब्याँस क्षेत्रमा रहेको स्काई टावरमा हिमपातका कारण एक वर्ष पहिले क्षती पुगेको थियो । झण्डै एक वर्षदेखि कालापानी नजिकको गाउँ छाङरु र तिकंरका स्थानीयबासीन्दा सञ्चार सम्पर्क विहिन रहेका छन् । केहि महिनापहिले टावर मर्मत गरिएको भएपनि विद्युत अभावमा राम्रोसंग काम नगरेकोले सोलार जडानपछि सञ्चार सेवा सुचारु हुने नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।