दार्चुला असोज २० । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा कैलालीले दार्चुला लाई पराजित गरेको छ । वुधवार भएको खेलमा कैलालीले दार्चुलालाई सोझै ३ सेटले पराजित गरेको छ । दार्चुलाले पहिलो सेट २० –२५ ले, दोश्रो सेट २२–२५ ले गुमाएको हो । तेस्रो सेटमा २३ –२५ ले हार बेहोर्दै बेस्ट अफ फाईभको खेलमा दार्चुला तीन सेटले पराजित भएको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार वुधवार देखि धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफीको उपाधि जित्ने छ । उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइनेछ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई २५÷२५ हजार नगदसहित ट्रफी दिइने छ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs