दार्चुला असोज २१ । जिल्लाको महाकाली नगरपालिका वडा न. १ वस्ने नेपाली कांग्रेसका युवा नेता मान बहादुर कार्कीले दुहुँका वाढी पहिरो पिडितहरुलाई आर्थिक सहयोग गर्नु भएको छ ।
युवा बेवसायी तथा कांजल बाख्रा पालनका सञ्चालक समेत रहेका कार्कीले दुहुँ गाउँ पालिका बाढी पहिरो पीडित हरुलाई सहयोग संकलन समिति मार्फत रु. ५ हजार १ सय ५ रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।
असल एवम् बौद्धिक व्यक्तित्व कार्कीले जिल्लाको दुहु गाउँपालिकामा गत भदौ १३ गते राति आएको विनासकारी बाढी र पहिरोमा परि विस्तापित एवम् घरबारविहिन हुनु भएकाहरुको पिडामा मलम लगाउने प्रयास गर्नु भएको छ ।
दुखको यस घडीमा कार्कीले गर्नुभएको सहयोग र सद्भावप्रति दुहुँ गाउँ पालिका बाढी पहिरो पीडित हरुलाई सहयोग संकलन समितिले धन्यवाद दिएको छ ।
दुहुँ गाउँ पालिका बाढी पहिरो पीडित हरुलाई सहयोग संकलन समितिका कोषाध्यक्ष पुरन सिह साहुलाई नगद रकम हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय