काठमाडौं, नरेन्द्र बिष्ट । स्वस्थ नागरिक, स्वस्थ समाज निर्माण तथा मुलुकको विकासको लागि परिहार्य शक्ति हो । स्वस्थ तथा शिक्षित नागरिक समाज तथा राष्ट्रको सम्पति हो । राज्यले आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ सेवा दिन सक्यो भने मात्र राष्ट्र निर्माणको लागि सवल र सक्षम नागरिक तयार हुन्छन् । सबल स्वस्थ तथा शिक्षित नागरिकले मात्र समाज र राष्ट्रलाई गतिशिल समुन्नत दिशातर्फ डो¥याउन सक्छन् । सक्षम र स्वस्थ नागरिकको जगमा सबल राष्ट्र निर्माण गर्न सकिन्छ ।
जनतालाई आधारभूत स्वास्थ सेवा उपलब्ध गराउने सरकारको प्रमुख दायित्व हो । नेपालको बर्तमान संविधानले आधारभूत स्वास्थ सेवालाई मौलिक अधिकारको रुपमा लिएको छ । राज्यले स्वास्थ तथा शिक्षालाई सेवा क्षेत्रको रुपमा विकास गर्दे लैजाने नीति लिएको छ । यद्यपि अझै पनि सरकारले सबै जनतालाई सहज र सुलभ स्वास्थ सेवा उपलब्ध गराउन भने सकेको छैन । खासगरी ग्रामीण क्षेत्रका जनताले बिरामी हुँदा सामान्य औषधी जीवनजल, सिटामोल तथा न्यूनतम प्राथमिक उपचारसमेत सहज र सुलभ रुपमा पाउन सकेका छैनन् । गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने कुरा टाढा र पहुँच बाहिरको विषय भएको छ ।
जनतालाई प्रभावकारी स्वास्थ सेवा उपलब्ध गराउनका लागि राज्यको उपयुक्त स्वास्थ नीति, दक्ष डाक्टर तथा स्वाथ्यकर्मी, आधुनिक उपकरण, उपयुक्त भौतिक पूर्वाधारसहितको आवश्यक संख्यामा स्वास्थ संस्था र आवश्यक स्रोतको उपलब्धता तथा कुशल व्यवस्थापन अपरिहार्य हुन्छ । हाम्रो जस्तो सानो आकारको अर्थतन्त्र, न्यून आयस्रोत, न्यून आर्थिक बृद्धिदर र उपलब्ध स्रोतको समुचित परिचालन हुन नसकेको मुलकको लागि खासगरी भौगोलिक विकटता, भौतिक पूर्वाधारको अभाव, जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापन गर्न नसक्दा जनताले चाहेअनुसारको सेवा प्राप्त गर्न नसकेको अवस्था अझै पनि उस्तै रहेको छ । यसरी जनताको माग अपेक्षा तथा चाहाना र सरकारले आफ्ना नागरिकलाई उपलब्ध गराएको स्वास्थ सेवा बीचको ठूलो अन्तरलाई पूरा गर्न देशव्यापी रुपमा स्थापना भएका सामुदायिक स्वास्थ्य संस्थाहरूले केही मात्रामा भए पनि जनताको स्वास्थ सेवा पाउने मौलिक अधिकारलाई व्यवहारमा उतार्न सहयोग पुर्याईरहेका छन् । केहीले उदाहरणीय रुपमा स्वास्थ सेवा दिएका छन् ।
देशव्यापी रुपमा स्थापना भैई स्वास्थ सेवा दिइरहेका सामुदायिक स्वास्थ्य चौकीलागि भौतिक पूर्वाधार नहुनु, कमजोर नियमन तथा अनुगमन, गुणस्तरीय औषधी नहुनु, स्वास्थ सम्बन्धी कमजोर चेतनास्तर र विभिन्न व्यवस्थापकीय समस्याबाट गुज्रिएको अवस्था छ ।
यसै सन्दर्भमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर(८ मा रहेकोे कटौजपानी स्वास्थ्य चौकीले भोगेका समस्या तथा चुनौतीहरू पनि माथि उल्लेख गरिएभन्दा फरक छैनन् । बैतडीको ग्रामीण क्षेत्रमा रहेको यो स्वास्थ्य चौकीले न्यून आयस्रोत भएका स्थानीय जनतालाई स्वास्थ सेवा उपलब्ध गराउने, चौकीको कार्यक्षेत्रभित्र पर्ने विभिन्न स्थानमा बसोबास गर्ने स्वास्थसम्बन्धी विभिन्न समस्याबाट पिडित तथा अशक्त व्यक्तिलाई स्थानीय स्तरमा स्वास्थ सेवा र उपचार सेवा दिईरहेको छ ।
उदाहरणका लागि बैतडीकै दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षिया सीमा लुहारले १ महिना अघि टाउको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएको शिशु ९छोरी० जन्माइन् ।
बच्चा जन्मिने मिति भन्दा एक हप्ता माथि जन्मिएको बच्चाको टाउको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको थियो , त्यसकारण बच्चाको उपचार कटौजपानी स्वास्थ्य चौकीमा सम्भव थिएन् । बच्चालाई उपचार आवश्यक थियो । यद्यपि सिमासङ्ग उपचार गर्न पैसा नै थिएन्। घरमा एक छाक खाना खान पनि नपुग्ने उनी शीत हुन्थ्यो पनि कसरी सिमाको बच्चाको उपचार खर्चको जोहो गरि आवश्यक सुझाव सल्लाह दिएर जिल्ला सदरमुकामसम्म जाने व्यवस्था स्वास्थ्य चौकीले नै मिलाएको थियो।
कटौजपानी स्वास्थ्य चौकी दोगडाकेदारका प्रमुख महेश सिंह बिष्टले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएका थिए। करीब १ महिना पछि जिल्ला अस्पताल बैतडीमै बच्चाको उपचार सफल भएको छ ।
कटौजपानी स्वास्थ्य चौकीमा कार्यरत अनुभवी अनमी रमिता जोशीका अनुसार ,‘सीमाको बच्चाको जन्म जोखिमपुर्ण थियो । सीमाको उमेर जम्मा १७ बर्ष थियो। उनको यो उमेर निकै कम हो ।
उनी धेरै कमजोर भएकोले बच्चा यस्तो जन्मिएको अनमी बताउछिन् । करिब दुई महिना अगाडी गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै थियो । गर्भमा रहँदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको हुन सक्छ ।’अनमीको भनाई रहेको छ ।
अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत सुरुमा अचम्म परेका थिए। लुहारको आर्थिक अवस्था निकै कमजोर रहेको थियो। उनका श्रीमान् नरी लुहार समेत रोजगारीको सिलसिलामा भारत रहेका थिए ।
बच्चाको उपचार स्वास्थ्य चौकीकै पहलमा भएको र अहिले उक्त बच्चाको उपचार सम्भव भएको अनमी रमिता जोशीले बताईन । अनमी रमिताले सिमालाई भेट्न उनकै घरमा गएकी छिन् । अहिले बच्चाको अवस्था सकुशल रहेको उनले बताईन । उनले सिमालाई खानपान र पालनपोषणसम्बन्धि आवश्यक सल्लाह र सुझाव पनि दिएकी छन् ।
असल र कुशल स्वास्थ्यकर्मी नै भगवानको दोस्रो रूप हुन।प्रभावकारी स्वास्थ्य सेवाका कारण कयौं आमा र बच्चाको जीवन जोगिएको छ।हाम्रो जस्तो दूर दराजको गाउँमा बालमृत्युदर लगभग शून्यमा झरेको छ। यो भन्दा अगाडि धेरै आमा र बच्चाले अकालमै ज्यान जाने गरेका थुप्रै घटनाहरू अझै ताजै रहेको स्थानीय तथा पुष्पाञ्जली सामुदायिक विकास तथा उत्थान समाज बैतडीका अध्यक्ष प्रकाश जि पि चिन्तन बताउँछन् ।
महिनौं पिच्छे गाउँमा रुवाबासी चल्दथ्यो,हातमै कोदाली हुन्थ्यो,खोलाका किनारहरू भरिएका हुन्थे।तर आज त्यो देख्न र सुन्न परेको छैन। यि दुःखदायी दिनहरूको पूर्ण अन्त्य भएको छ।
अहिले दोगडाकेदार गाउँपालिकाले रात्रिकालीन स्वास्थ्य सेवा अर्थात २४ घन्टा सेवा उपलब्ध दिने समाचार सुन्नमा आएको तर यो भन्दा पूर्व नै कटौजपानी स्वास्थ्य चौकीले दिनमा होस् या रातमा होस् जनताको स्वास्थ्य सेवामा कुनै कन्जुस्याइँ गरेको छैन् । निःशुल्क रूपमा राती पनि घरमै गएर स्वास्थ्य सेवा दिई नै रहेको थियो।गाउँ बासीले असल र कुशल स्वास्थ्य सेवा पाउनु पनि खुसीको कुरा हो।
यसका लागि स्वास्थ्य चौकी इन्चार्ज महेश सिंह बिष्टको भुमिका निकै उल्लेखनीय रहेको बताएका छन् ।
गाउँमा थुप्रै सरकारी तथा गैरसरकारी संस्था छन्।तर स्वास्थ संस्था बराबर प्रभावकारी सेवा अरूले दिन सकेका छैनन्।रातदिन नभनी अहोरात्र सेवा प्रदायक संस्था हुनुमा स्वास्थ्य चौकी प्रमुख विष्टको अहम भूमिका रहेको छ।
कर्मचारी धेरै छन् तर आफ्नो कर्तव्य समेत निभाएको देखिँदैन।तर स्वास्थ्य संस्थाले जस्तो सेवा अन्य निकायबाट पनि हुनसकेको भए कति राम्रो हुन्थ्यो। यसका स्वास्थ्य चौकी प्रमुख बिष्टको अनुभवबाट ठूलो मेहनतबाट सम्भव भएको हो, उहाँलाई अनमी रमिता जोशीको निकै ठूलो सहयोग छ।
यस्तै दोगडाकेदार गाउँपालिकाले पालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्थाहरुमा कार्यपालिकाको बैठकबाट २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।
रिम स्वास्थ्य चौकी, सित्तड स्वास्थ्य चौकी,कटौजपानी स्वास्थ्य चौकी,न्वालि स्वास्थ्य चौकी, श्रीकोट स्वास्थ्य चौकी,र श्रीकेदार स्वास्थ्य चौकीमा २४सै घण्टा सेवा सञ्चालनमा ल्याइने निर्णय गरिसकेको छ।
