कैलाली । हाँस्य टेलीश्रीखंला नसानाडीको भाग १० सार्वजनिक भएको छ ।

पछिल्लो समय सुदूरपश्चिममा लोकप्रिय बन्दै गएको हाँस्यटेलीसिरीयलको भाग १० आज सोमबार सार्वजनिक भएको छ । उक्त शृङ्खलालाई विशेष गरी तिजलाई लक्षित गरी बनाइएको भिडियोमा देख्न पाइन्छ।

उक्त टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेसभुसा, भाषा संस्कृतिलाई जगेर्ना गर्ने, यहाँको रहनसहन लगायतका कुराहरूलाई व्यङ्ग्यात्मक तरिकाले पर्दामा उतार्दै आएको छ।

टेलीश्रीखंलाकोे कथा-पटकथा -संवाद रलेखन र निर्देशन विजय जोशी र दीर्घ शाहीले गर्दै आएका छन् । भिडियो छायाँकन तथा सम्पादन दीपेन्द्र वली, बिष्णुु भण्डारी गर्दै छन् । उक्त टेलीश्रीखंला लाई डि.एन्ड बी.इन्टरटेन्मेन्ट प्रालीबाट निर्माण भइरहेको छ भने देउराली क्रेसन युट्युब च्यानलबाट सिरियलका भागहरू नियमित रूपमा प्रसारण भइरहेका छन् ।

उक्त टेलीश्रीखंलामा दीर्घ शाही, विजय जोशी, प्रेम पौडेल, लिला धर, भट्ट मेघा, जमुना साउँद, नरेश प्रसाद जोशी, सृजना भट्ट, कपुर राज गिरी, तेज विष्ट, जगत साउँद, रमिता शाह, अशोक धामी लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ ।

आगामी दिनहरूमा सुदूरपश्चिम लगायत अन्य ठाउँहरूमा भएका विकृतिहरू, अन्य घटनाहरू, गाउँ बस्तिकाहरुका कथा भित्र को यथार्थ कथा लाई गहिरो अध्ययन गरी ब्याङ्ग्यात्मक शैलीमा पर्दामा उतार्ने लेखक तथा निर्देशक दीर्घ शाही र विजय जोशीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय