दार्चुला। संविधान दिवसको अवसरमा महाकाली नगरपालिका दार्चुलाद्दारा आयोजित खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी गोकुलेश्वरका राजबहादुर बोहरा र प्रकाश बिष्टको जोडीले हात पार्न सफल भएको छ । यो संगै राजबहादुर बोहरा र प्रकाश बिष्टको जोडी प्रतियोगिताको बिजेता बनेको छ, भने लोकजंग कुवर र दौलत सिंह ठगुन्नाको जोडी उपबिजेता बनेको छ । राजबहादुर बोहरा र प्रकाश बिष्टको जोडीले लोकजंग कुवर र दौलत सिंह ठगुन्नाको जोडीलाई २१–१३, २१–१२, २१–७ सेटमा हराएको थियो । प्रतियोगितमा रमेश बुढाथोकी र लाल बहादुर खड्काको जोडीले तृतिय स्थान हासिल गरेको छ ।
असोज १ गते देखी सूरु भएको खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको संविधान दिवसको दिन आज समापन गरिएको हो । प्रतियोगिताको बिजेता राजबहादुर बोहरा र प्रकाश बिष्टको जोडीले नगद रु २२ हजार २२२ तथा शिल्ड प्रमाणपत्र प्राप्त गरेको छ, भने प्रतियोगिताको उपबिजेता लोकजंग कुवर र दौलत सिंह ठगुन्नाको जोडीले नगद रु ११ हजार १११ तथा शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तृतिय स्थान हासिल गर्ने जोडीलाई ५ हजार ५५५ रुपैया तथा शिल्ड प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ३२ टिमको सहभागीता रहेको थियो । खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता महाकाली नगरपालिका–५ गल्फै स्थित सुर्यप्रकाश होटेल परिसरमा भएको थियो । समापन तथा पुरुस्कार वितरण कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
