दार्चुला :   आइतवार दिउँसो दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ परेका १२ जना जुवाडेलाई छोडिएको छ । उनीहरुलाई दशै मनाउन तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दशै सकिए लगत्तै उनीहरुलाई पुःन उपस्थिति गराइ थप कारवाही अगाडि बढाइने जनाइएको छ । मुद्दा दर्ता गरि १५ दिनको म्याद थप भएको अवस्थामा जुवाडेहरुलाई छोडिएको हो ।

कारवाही नै नगराइ १२ जुवाडेहरुलाई रातिको समयमा छोडिएकोमा सर्वसाधारणले प्रहरी प्रशासनप्रति प्रश्न गरेका छन् । आइतवार जुवा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा जुवाखालबाट नगद २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँ, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैँचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान बरामद गरेको थियो । प्रहरीले अहिलेसम्म जुवाडेहरुको नाम सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय