दार्चुलाको दुुहुँ गाउँपालिकामा हजार दिनका आमाहरुलाई पोषण करेसाबारी सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तरर्गत दुहुँ गाउँपालिकाको आयोजनामा अहिले वडाहरुमा पोषण करेसाबारी सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रम संञ्चालनमा रहेको दुहुँ गाउँपालिका पोषण सहजकर्ता कमला सिंह बमले जानकारी दिनु भएको छ ।

संघिय सरकारको विशेष अनुदान अन्तरर्गत गाउँपालिका भरीका ५ वटै वडाहरुमा यो कार्यक्रम संञ्चालनमा रहेको उहाँले बताउनु भयो । आइतबार गाउँपालिकाको वडा ३ का ५६ जना हजार दिनका आमा तथा ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पोषण करेसाबारी सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण संञ्चालन गरिएको उहाँले बताउनु भयो ।

यस्तै सोमबार आज वडा ४ का ५५ जना हजार दिनका आमा तथा ५जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पोषण करेसाबारी सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पोषण करेसाबारी सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रम संगै कृषि औजार विउँ विजन समेत वितरण गरिएको सहजकर्ता सिंह बमले जानकारी दिनु भयो । विउ विजनमा हिउदे तरकारी रायो, धनिया, मेथी, चम्सुर, गाजर पाल्ङगो,लगायतको विउ विजन विरतण गरिएको छ ।

कृषि औजार उपकरणहरुमा हजारी, मलखाद, स्प्रे लगायतका उपकरणहरु विरतण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा सम्बन्धीत वडाका अध्यक्षहरुको अध्यक्षता एवम गाउँपालिका उपाध्यक्ष शान्ती बमको प्रमुख आर्थित्यता तथा कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि प्राविधिकहरुको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको सहजकर्ता बमले बताउनु भयो । भोली वडा नम्बर ५ मा कार्यक्रमको आयोजना गरिएको बताइएको छ । केहीदिन भित्रै बाकी रहेका वडा १ र २ मा समेत कार्यक्रम संञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय