क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्स खेल्न चीन जाने भएका छन् । सन्दीपको आज साढे १२ बजेको फ्लाइट छ ।
सन्दीप आफ्नो मुद्दाको पेशीका कारण तीन दिनअघि नेपाली टीमसग प्रस्थान गर्न रोकिनुपरेको थियो ।
उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।
