बैतडी– बैतडीमा मंगलवार राति ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–३ पंसेरा निवासी २३ बर्षिय योगेश पाल रहेका छन् ।

मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गोकुलेश्वरबाट सतवाझ आउदैँ गरेको ट्याक्टर गयराति साढे १२ बजे दोगडाकेदार गाउँपालिका–३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा परी रुपेश कोली घाइते भएका छन् ।

मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पु¥याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृत्यु भएको पुष्टि गरेका हुन् । दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । ट्याक्टर सडक भन्दा १ सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय